spot_img

ललितपुरमा भयानक कार दुर्घटना, कारण मापसे

  • २०८२ वैशाख २२ सोमबार । ललितपुर

ललितपुरको सातदोबाटो-हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएको छ ।

पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन बन्द भएको छ ।

११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको पोल भाँचिएको हो ।

पोलमा ठोक्किएको कारमा रहेका तीन जना घाइते भएका छन् ।

उनीहरुको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिकको सहयोगमा सडकबाट पोल हटाउने प्रयास जारी छ ।

मापसे

बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको हो ।

प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन (मापसे) गरी कार चलाउँदा दुर्घटना भएको हो ।

कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ ।

कार तीव्र गतिमा थियो ।

ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने-

-मैले गाडी ठोक्किएर पोल ढलेको, बांगो भएको त देखेको छु ।

-तर सडक किनारमा गाडिएको पोल भाँचिएर बीच सडकमा पुगेको चाहिँ देखेको थिइँन ।

यो भिडियो हेर्नुभयो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular