spot_img

नारायणघाट-बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

  • २०८२ वैशाख २१ आइतबार । काठमाडौं

गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक अवरुद्ध भएको छ ।

दाउन्ने क्षेत्रको सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको हो ।

दाउन्ने क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ ।

दाउन्ने खण्डमा राति ११:०० देखि बिहान ५:०० बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ ।

यातायात बन्द भएपछि सवारीसाधनको लामो लाइन भएको छ ।

कान्ति लोकपथ सडक अवरुद्ध

वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्तिलोकपथ अवरुद्ध भएको छ ।

बागमती नदीमा बाढी आएको छ ।

कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बाढीले बगाइदिएको छ ।

डाइभर्सन बगाएपछि आज बिहान ६:०० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular