spot_img

रविमाथि लगाइएको मुद्दामा दम छैन : सोबिता गौतम

  • २०८२ वैशाख २० शनबिार । काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएकी छिन् ।

उनले सभापति लामिछानेविरुद्ध लगाइएको मुद्दामा कुनै दम नभएको टिप्पणी गरेकी छिन् ।

कास्कीको रुपा गाउँपालिकाको कार्यालय उद्घाटन तथा क्यालेन्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्-

-हामी नेतृत्वले गरेको गल्ती ढाकछोप गर्ने पुस्ता होइनौं, तर म एउटा सचेत नागरिक भएको हिसाबले, कानुनको विद्यार्थी भएको हिसाबले के चाहिँ भन्न चाहन्छु भने त्यो मुद्दामा दम छैन, त्यहाँ टालटुल गरेर मुद्दा बनाइएको छ ।

-न्यायालयले रवि लामिछानेलाई पक्कै न्याय दिनेछ ।

-किनभने उहाँ नेपाली जनताले आशा र विश्वास गरेको पात्र हो ।

-रास्वपाले उठाएको मुद्दा दबाउने काम यो सरकारले गरिरहेको छ ।

-हिजोको दिनमा भ्रष्टाचार भएको कुराहरू सुन्न पाइँदैन थियो ।

-तर, अहिले रास्वपा चौथो ठूलो दल हो ।

-अब अझै हामीले जनताको विश्वास जित्न बाँकी नै छ ।

-रास्वपा आएपछि भ्रष्टाचार भएको कुरा थाहा भयो ।

-पोखरा विमानस्थलमा १४ अर्बको भ्रष्टाचार भएको छ भन्ने थाहा भएको छ ।

-वाइडबडी र गिरिबन्धुमा भएको भ्रष्टाचार, संसदीय छानबिन समितिको नजिर बसालिहालियो अब ढाकछोप गर्ने प्रयास भएको छ ।

-भुटानी शरणार्थी फाइल खुलिसकेको थियो, फेरि पनि हामीले गरिसक्यौं, अब छाडिंदैन भनेर त्यसलाई दबाउने काम हुँदैछ ।

-अहिलेको सरकार बनेको १० महिना पुग्दा पनि प्रत्येक दिन विभिन्न विवादित मुद्दा र घोटला मात्रै आइरहेको छ ।

-देशभर निराशा नै निराशा छ ।

-यो सरकारले काम गर्न सकिरहेको छैन ।

-सरकार सच्चियोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular