spot_img

अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित

  • २०८२ वैशाख २० शनबिार । काठमाडौं

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीज दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

लामो समयदेखि जनमत सर्वेक्षणमा पछि परे पनि लेबर पार्टीका लागि एक चमत्कारपूर्ण पुनरागमन गरेका हुन् ।

देशमा बढ्दो महँगीको संकटले मतदाता नराम्ररी प्रभावित भइरहेका बेला उनले दोस्रो कार्यकालका लागि जित निकाले ।

यो पिटर डटन नेतृत्वको विपक्षी दल पराजय भएको छ ।

उनी वर्तमान अवस्थाप्रतिको असन्तुष्टिको लहरलाई सदुपयोग गर्दै चुनावमा उत्रिए पनि प्रचारका क्रममा भएका अनेकौं गल्ती र राष्ट्रपति ट्रम्पको सन्देश तथा नीतिसँग जोडिएको छविका कारण कमजोर देखिए ।

डटनले सन् २००१ देखि जित्दै आएको क्विन्सल्याण्डको किल्लामा रहेको आफ्नो सिट समेत गुमाउने सम्भावना रहेको प्रक्षेपण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular