spot_img

डाइभर्सन बगाउँदा नारायणघाट-बुटवल सडक अवरुद्ध

  • २०८२ वैशाख १८ शुक्रबार । नवलपुर

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ ।

शुक्रबार बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो ।

डाइभर्सन बगाएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको हो ।

डाइभर्सन बगेपछि मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएका छन् ।

यात्रुवाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ ।

अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालन हुन समय लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो पढ्नुभयो ?

दाउन्नेमा राति गाडी बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular