spot_img

कुवेतबाट फर्किएकी धनमाया विनोदको घरमा मृत फेला

  • २०८२ वैशाख १८ बिहीबार । बुटवल

रुपन्देहीको कञ्चन गाउँपालिकामा एक महिला मृत भेटिएकी छन् ।

कञ्चन गाउँपालिका-४ थकालीचोक निवासी ४५ वर्षकी धनमाया विक मृत भेटिएकी हुन् ।

वरपिपलचोक बस्ने ४७ वर्षीय विनोद विकको घरमा धनमाया झुन्डिएको अवस्थामा (हिजो वुधबार) फेला परेकी हुन् ।

धनमाया कुवेतबाट एक साताअघि मात्रै फर्किएकी थिइन् ।

प्रहरीका अनुसार-

-घरपछाडि रहेको फलामे भर्‍याङको चौथो खुड्किलोमा कपडाको पासो लगाएर झुन्डिएकी थिइन् धनमाया ।

-एक खुट्टाले भुईँमा टेकेको र अर्को खुट्टा भुईँमा लत्रेको अवस्थामा शव फेला परेको थियो ।

-विनोद र धनमायाको केही दिनअघि पैसा लेनदेनसम्बन्धी विवाद भएको थियो ।

स्थानीय भन्छन्-

-धनमायाले आत्महत्या गरेको नभई हत्या गरी झुण्ड्याइएको आशंका छ ।

-घाँटीमा पासोको चोट छ, शरीरमा अन्य घाउ छैन ।

-खुट्टा भुईँमा टेकेको अवस्थामा कसरी झुन्डिइन् भन्ने प्रश्न छ ।

धनमायाका भिनाजु छविलाल विक भन्छन्-

-धनमाया र विनोदबीच निकटता रहेकाले घटना शंकाष्पद छ ।

-विनोद र धनमाया दुवै डिभोर्सी हुन् ।

-उनीहरुबीच आउने जाने थियो ।

-धनमाया विदेश हुँदा नै बाइक किन्न विनोदलाई पैसा पठाएकी थिइन् ।

-विनोदलाई श्रीमतीसँग सम्बन्धविच्छेद गर्न पनि ५ लाख पठाएको रेकर्ड हामीसँग छ ।

-धनमाया नेपाल फर्केपछि त्यो रकम फिर्ता मागेकी थिइन् ।

-तर विनादले पैसा फिर्ता दिने छाँटकाट देखाएनन् ।

-पैसा फिर्ता नदिए जे पनि हुनसक्छ भनेर धनमायाले विनोदलाई पटक-पटक भनेको थाहा भएको छ ।

-मंगलबार राति घरका आफन्त तथा परिवारसँग राति ९ बजेसम्म खानपिन गरी फर्किएकी थिइन् ।

विनोदले दिए प्रहरीलाई जानकारी

विनोदले नै आफ्नो घरमा एक महिलाले आत्महत्या गरेको भनी बिहानै इलाका प्रहरी कार्यालय रुद्रपुरमा जानकारी दिएका थिए ।

सोही सूचनाअनुसार घटनास्थलमा पुग्दा झुन्डिएको अवस्थामा शव फेला परेको हो ।

धनमायाको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।

धनमाया

धनमायाको यसअघि पाल्पाका राजन सुनारसँग बिहे भएको थियो ।

श्रीमानसँग सम्बन्ध विच्छेद भई कञ्चनमा बस्दै आएकी उनी बिदेसिएकी थिइन् ।

सम्बन्ध विच्छेदपछि उनी माइतमै बसेकी थिइन् ।

राम्रै आर्थिक जोहो गरेकी थिइन् ।

बच्चाबच्ची थिएनन् ।

विनोद

विनोद पूर्वप्रहरी हवल्दार हुन् ।

उनी हाल एनआइसी बैंक रुद्रपुर शाखामा सुरक्षा गार्डको काम गर्छन् ।

विनोदले दुईवटा बिहे गरिसकेका छन् ।

पहिलो श्रीमतीबाट एक छोरी छिन् ।

पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको छ ।

दोस्रो श्रीमतीतर्फ दुई छोरी छन् ।

दोस्रो श्रीमतीसँग सम्बन्धविच्छेदको प्रक्रिया अन्तिम चरणमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular