spot_img

‘शिक्षक महासंघले धोका दियो, अब आन्दोलन हुन्छ’

  • २०८२ वैशाख १८ बिहीबार । काठमाडौं ।

सरकार र शिक्षक महासंघबीच भएको सहमतिमा नेपाल विद्यालय कर्मचारी परिषद्ले विरोध जनाएको छ ।

परिषद्ले आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

सरकार र शिक्षक महासंघबीच बुधबार ९ बुँदे सहमति भएको थियो ।

त्यस सहमतिमा आफूहरूको माग समावेश नभएको विद्यालय कर्मचारी परिषद्ले जनाएको छ ।

परिषद्का अध्यक्ष गंगाराम तिवारीले भने-

-हामी आन्दोलनको तयारीमा छौँ ।

कार्यक्रममा हो-हल्ला

सरकार र शिक्षक महासंघबीच बुधबार भएको सहमतिबारे जानकारी दिन आज (बिहीबार) कार्यक्रम राखिएको छ ।

आन्दोलनको उपलब्धिको जानकारी र बधाई दिन कार्यक्रम आयोजना गरिएको हो ।

त्यो कार्यक्रममा हो-हल्ला भएको छ ।

काठमाडौंको रत्नराज्य माध्यामिक विद्यालयमा राखिएको कार्यक्रममा विद्यालय कर्मचारीहरू असन्तुष्ट हुँदै विरोध जनाएका हुन् ।

शिक्षकहरूले गरेको सहमतिमा विरोध जनाउँदै उनीहरू नेतृत्वमाथि खनिएका छन् ।

विद्यालयका कर्मचारीहरूले सम्झौतामा आफूहरूको माग (मुद्दा) समावेश नभएको भन्दै बैठकमा प्रश्न उठाए ।

उनीहरूले बैठकमा हो–हल्ला गरेका छन् ।

कर्मचारीहरूले हो-हल्ला गरेपछि समाचार संकलनका लागि पुगेका सञ्चारमाध्यमलाई पनि बाहिर निकालिएको छ ।

शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्-

-आफ्नो माग मुद्दामा परेन भनेर विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाउनु भएको हो ।

परिषद्का सदस्य छलफलमा

आगामी आन्दोलन तथा कार्यक्रम तय गर्न विद्यालय कर्मचारी परिषद्का सदस्यहरू छलफलमा जुटेका छन् ।

आफूहरूको आन्दोलन जारी रहेको विद्यालय कर्मचारी परिषद्का पदाधिकारीहरूले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular