spot_img

यस्तो छ समीर भट्ट अभिनित बलिदानको प्रि-टिजर

  • २०८२ वैशाख १७ बुधबार । काठमाडौं

अभिनेता समीर भट्टको जन्म दिनको अवसर पारेर चलचित्र ‘बलिदान’को प्रि-टिजर सार्वजनिक गरिएको छ ।

यस वर्ष दशैंको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको प्रि-टिजर अभिनेता समीरको जन्मदिनको अवसर पारेर शुभकामना स्वरूप सार्वजनिक गरिएको हो ।

प्रि-टिजरमा समीरको दमदार एक्सन दृश्य प्रस्तुत गरिएको छ ।

चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ ।

प्रि-टिजर हेर्नुहोस् :

आसुसेन फिल्म्स्‌ प्रालिको प्रस्तुति रहेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन् ।

गत वर्ष दशैंमै प्रदर्शनमा आएको समीरको डेब्यु चलचित्र ‘१२ गाउँ’ले नेपाली बक्स अफिसमा १९ करोडभन्दा माथिको ग्रस कलेक्सन गरेको थियो ।

यो थाहा पाउनुभयो ?

२०८१ मा बढी कमाउने चार फिल्म

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular