spot_img

खमबहादुर ऊर्जा राज्यमन्त्री

  • २०८२ वैशाख १७ बुधबार । काठमाडौं

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट गर्बुजालाई उक्त मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकिएको हो ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राष्ट्रपति पौडेलले राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति समेत हुन् ।

उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

यसअघिका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले बर्खास्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular