spot_img

काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा सुनिता

  • २०८२ वैशाख १६ मंगलबार । काठमाडौं

काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोल काठमाडौं भ्युटावर भत्काउनुपर्ने पक्षमा देखिएकी छन् ।

पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको विषय थप पेचिलो बन्दै गएपछि महानगरपालिका प्रमुख बालेन्द्र शाहले टावर भत्काउने योजना बनाइरहेका छन् ।

यसैबीच उपमेयर सुनिता पनि टावर भत्काउने पक्षमा देखिएकी हुन् ।

पत्रकारहरूसँगको भेटघाटमा सुनिताले भनिन्-

-महानगरको विवादको इपिसेन्टर बनिरहेको काठमाडौं भ्युटावर अनावश्यक र औचित्यहीन छ ।

-जुन प्रयोजन र उद्देश्यका लागि लिइएको हो त्यसैका लागि प्रयोग हुनुपर्छ, जनतालाई ढाँट्न हुँदैन ।

-सटर बनाएर महानगरले व्यापार गर्न जरुरी छैन ।

-बिल्डिङ र सटर बनाएर महानगरले जनतासँग व्यापार गर्न आवश्यक छैन ।

-जहिले पनि म पिपुल्स फस्टको पक्षमा हो ।

-जनतासँग जे गर्छु भनेर लिइएको हो, त्यसैमा प्रयोग हुनुपर्छ मेरो स्पष्ट मान्यता छ ।

-हिजोका मान्छे छैनन् भन्दैमा आजको पुस्तालाई थाहा छैन भनेर ढाँट्न पाइँदैन ।

-महानगरमा ऐतिहासिक, पुरातात्विक सम्पदा मासेर बनाइएका अन्य संरचनाको समेत अध्ययन हुनुपर्छ ।

-ठमेलको छाया सेन्टर पनि आवश्यक अध्ययन गरेर निर्णय लिन आवश्यक छ ।

-होटल हिल्टनको विषयमा पनि अध्ययन गरिनुपर्छ ।

-मुद्दा चलिरहेको बेला मैले बोलिरहन त मिल्दैन ।

-तर, मेरो व्यक्तिगत विचार भनेको पोखरीमा बनेको त्यो संरचना भत्काएर पोखरीलाई जीवन्त दिइनुपर्छ ।

-सम्पदा मास्नु हुँदैन ।

-अहिले बनाउँदा यति खर्च भयो उति खर्च लाग्यो भनिएला ।

-तर, हाम्रा सम्पदा जोगाइराख्न सके सयौं वर्ष जीवन्त राख्न सक्छौं, त्योभन्दा ठूलो सम्पत्ति केही हुन्न ।

-त्यहाँ पुरानै अवस्थामा फर्काउन सकेको दिनमात्र सम्पदा संरक्षणमा लागिरहनुभएकाहरूले न्याय पाउनु हुनेछ ।

काठमाडौं टावरमा विवाद

मेयर बालेनले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले अनियमिता गरेर काठमाडौं टावरको नक्सापास गरिदिएको आरोप लगाउँदै कारबाही गरेका थिए ।

उक्त विवादसँगै टावर निर्माणमा नीतिगत भ्रष्टाचार समेत भएको बालेनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular