spot_img

बालाजुमा एक महिलाले शरीरमा पट्रोल छर्केर लगाइन् आगो

  • २०८२ वैशाख १६ मंगलबार । काठमाडौं

काठमाडौं महानगरपालिका–१६ बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन् ।

बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले आफ्नो शरीरमा आगो लगाएकी हुन् ।

प्रहरीका अनुसार-

-आइतबार राति करिब १० बजेतिर महिलाले शरीरमा आगो लगाएकी हुन् ।

-श्रीमानसँग झगडा भएपछि आवेगमा आएर उनले त्यस्तो गरेकी हुन् ।

-बिनाको पेट, छाती र देब्रे हात गरी करिब २५ प्रतिशत भाग जलेको छ ।

-उनको नयाँबजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको छ ।

-घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular