spot_img

शिक्षक आन्दोलनमा माधव-झलनाथ ट्वाँ…

  • २०८२ वैशाख १५ सोमबार । काठमाडौं

शिक्षक आन्दोलनमा साथ दिन सडकमा पुगेका नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु अपमानित भएर फर्किनुपर्यो ।

पार्टीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको टोली आन्दोलन स्थलमा पुगेको थियो ।

शिक्षकहरूको समर्थनमा चर्को भाषण गर्ने उनीहरुको खास योजना थियो ।

तर उनीहरु हिस्स बन्न पुगे ।

शिक्षकहरूले नै उनीहरुलाई त्यहाँबाट फर्किहाल्न भने ।

शिक्षकहरूले उनीहरूविरुद्ध नाराबाजी गर्न थाले ।

शिक्षकहरूले भने-

-कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल ।

-पञ्चायती ऐन खारेज गर, शिक्षा ऐन जारी गर ।

-पुलिसको दादागिरी बन्द गर ।

शिक्षकहरूको यस्तो आवाज सुनेपछि नेताहरू लज्जित भएर फर्किए ।

शिक्षकहरुले नारा लगाउँदै नेताहरूलाई बिजुलीबजारसम्म लखेटे ।

फर्किने क्रममा उनीहरूलाई प्रहरीले गाडीसम्म स्कर्टिङ गर्‍यो ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने-

-आन्दोलन विभाजन गर्न अनेकथरी प्रचार भइरहेको छ, सचेत रहनुहोला ।

-हामीले ढाँट्नुपर्ने केही छैन ।

-२४ बुँदे कार्यसूची जारी गरेका छौं त्यो नै हाम्रो आधिकारिक डकुमेन्ट हो ।

-यहाँ ९ बुँदे ७ बुँदेका कुरा पनि आइरहेका छन्, त्यस्तो केही होइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular