- २०८२ वैशाख १५ सोमबार | काठमाडौं
प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच रहेको दाबी गरेका छन् ।
केही दिनअघि महामन्त्री थापाले प्रधानमन्त्री केपी ओलीको बेडरुमसम्मै बिचौलियाहरूको पहुँच रहेको आरोप लगाएका थिए ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले महामन्त्री थापाको बेडरुमसम्म सर्वोच्चबाट भ्रष्टाचारी प्रमाणित व्यक्ति पुग्ने गरेको दाबी गरे ।
उनले भने
कांग्रेसमा महामन्त्रीले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नुभयो ।
आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने, सर्वोच्च अदालतबाट भ्रष्टाचारमा सजाय पाइसकेको व्यक्ति उहाँको बेडरुममा छ ।
कैद र जरिवाना दुवै पाइसकेको उहाँको बेडरुममा छ ।
अहिलेसम्म कांग्रेसले उसलाई हटाउन सकेको छैन ।
किनकी नेपाली कांग्रेसलाई संविधान, नियम र कानूनको पालना गर्न आउँदैन ।
उनले गृहमन्त्रीको संरक्षणमा तस्करी र गुण्डागर्दी पनि चलिरहेको आरोप लगाए ।