- २०८२ वैशाख १४ आइतबार । काठमाडौं
नयाँबानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि बल प्रयोग भएको छ ।
शिक्षकहरु सधैँ झैँ माइतीघरमा भेला भएर बानेश्वरतर्फ जाँदै थिए ।
शिक्षकहरु बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजे ।
सो क्रममा प्रहरीले पछाडि हट्न अनुरो गर्दै पानीको फोहरा हान्यो ।
शिक्षक र प्रहरीबीच ठेलमठेल र घम्साघम्सी समेत भएको छ ।
अनि शिक्षकहरूले पनि प्रहरीमाथि ढुंगा हानेका थिए ।
प्रहरीबाट बल प्रयोग र पानीको फोहोरा फाल्ने काम भएपछि आन्दोलनरत शिक्षकहरूले प्रतिकार गरेका हुन् ।
प्रहरीसँगको झडपपछि शिक्षकहरू आक्रोशित भएका छन् ।
भिडियो हेर्नुहोस् :
विगत २५ दिनसम्म शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरूमाथि प्रहरीले दमन गरेको उनीहरूको आरोप छ ।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीबाट लाठी प्रहार हुनुका साथै पानीको फोहोर प्रहार गरेको थियो ।
गृहमन्त्रीको राजीनामा माग
प्रहरीसँगको झडपपछि शिक्षकहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।
‘गृहमन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गर्नुका साथै उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
शिक्षा ऐनको मुख्य मागसहित शिक्षकहरू २६ दिनदेखि काठमाडौंको सडकमा छन् ।