spot_img

ललितपुर एफसी दोस्रो पटक एनएसएल च्याम्पियन

  • २०८२ वैशाख १३ शनिबार । काठमाडौं

ललितपुर सिटी एफसी लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन बनेको छ ।

एनएसएलको तेस्रो संस्करण अन्तर्गत आज भएको फाइनलमा पोखरा थन्डर्स फुटबल क्लवलाई २-१ गोल अन्तरले पराजित गर्दै ललितपुरले उपाधि उचालेको हो ।

एनएसएलको यो सिजनमा ललितपुरले कुनै पनि खेल हारेन ।

दशरथ रंशगालामा भएको फाइनलमा ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो ।

दोस्रो हाफमा पोखराले एक गोल फर्कायो ।

७४ औं मिनेटमा ललितपुरले दोस्रो गोल गर्दै जित सुनिश्चित गर्‍यो ।

ललितपुरका लागि ४२औं मिनेटमा इमोह इजेकेलले गोल गरे ।

६३औं मिनेटमा पोखराका सुदील राईले गोल गरे ।

७४औं मिनेटमा पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई उपाधि दिलाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular