spot_img

विश्वकप एसिया छनोट: पूजा उपकप्तान, दिल्लीमा अभ्यास खेल

  • २०८२ वैशाख १३ शनिबार । काठमाडौं

नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप छनोटअघिको अन्तिम तयारीका लागि भारत जाने भएको छ ।

अप्रिल महिनाका लागि तय भएको भुटान टुर नहुने भएपछि नेपाली टोली भारतमा गएर अभ्यास गर्ने भएको हो ।

भारतको दिल्लीमा हुने अभ्यास खेलको तालिका तथा अन्य जानकारी क्यानले सार्वजनिक गर्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक क्यालेण्डरमा समावेश भए बमोजिम अप्रिलमा ‘नेपाल टुर अफ भुटान’ उल्लेख थियो ।

त्यसका लागि क्यानले भुटानसँग कुराकानी समेत गरिरहेको थियो ।

तर भुटानमा हुने शृंखलामा थप अन्य स्तरीय टिम सहभागी नभएकाले टुर नहुने भएको हो ।

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीमा रहेको महिला टोलीले यसअघि घरमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग तथा युगाण्डा गएर चारदेशीय टी-२०आई शृंखला खेलेको थियो ।

नेपाली टोली घोषणा : पूजा उपकप्तान

मे महिनामा हुने आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा भइसकेको छ ।

क्यानले शुक्रबार ईन्दु वर्माको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ ।

पूजाकै नेतृत्वमा नेपालले पहिलो पटक यू-१९ विश्वकप क्रिकेट खेलेको थियो ।

विश्वकपको एसिया छनोट आउँदो मे ९ देखि २० तारिखसम्म सम्म थाइल्यान्डमा हुनेछ ।

उक्त छनोटमा ९ देशले सहभागिता जनाउँदैछन् ।

शीर्ष दुईमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

नेपाली टोली

ईन्दु वर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रोमा थापा, रुबिना क्षेत्री, विन्दु रावल, कविता जोशी, सम्झना खड्का, राजमती ऐरी, रुबी पोद्दार, कविता कुँवर, सवनम राई, ईश्वरी विष्ट, मनिषा उपाध्याय र रीया शर्मा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular