- २०८२ वैशाख १३ शनिबार । काठमाडौं
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् ।
माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर तर्फ अघि बढेका शिक्षकले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् ।
निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई रोकेको छ ।
शिक्षकहरूले शैक्षिक हड्ताल गरेर काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको २५ दिन पुगेको छ ।
भिडियो हेर्नुहोस् :
लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाएको छ ।
आज बिहान मात्रै सिंहदरबारमा शिक्षकहरुसँग वार्ता भएको थियो ।
तर, वार्ता निष्कर्षमा पुग्न सकेन ।
यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिइसकेको छ ।