- २०८२ वैशाख १२ शुक्रबार । काठमाडौं
आजका १० मुख्य खबर थाहा पाउनुहोस्
१. सत्ता समीकरण फेरबदल हुँदैन : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदल हुने कुनै सम्भावना नरहेको बताएका छन् ।
थाइल्याण्डको बैंककबाट फर्किएर त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग देउवाले भने-
-सत्ता समीकरण फेरबदल हुने हल्ला मात्रै हो ।
विपक्षी दल नेता पुष्पकमल दाहाल प्रचण्डले हिजो देउवा फर्केपछि नयाँ समीकरणको लागि देउवासँग औपचारिक कुराकानी गर्ने भनेका थिए ।
देउवासँगै फर्किएकी परराष्ट्रमन्त्री आरजु राणाले भनिन्-
-सरकार परिवर्तन हुने हल्ला मात्र हो ।
-केही समय सुनसान भयो भने मनोरञ्जनका लागि न्यूजहरु आउने गर्छ ।
-सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्नुपर्ने होला विदेशमा बसेर हुँदैन ।
-न्यूज हेरेर हामी आफै छक्क पर्यौँ ।
-बैंककबाटै सभापति देउवाले प्रधानमन्त्री ओलीसँग हिजो टेलिफोनमा कुराकानी समेत गर्नुभएको थियो ।
-देउवाको यो स्वास्थ्य चेकअप र पसर्ननल भ्रमण थियो ।
-राजनीतिक भेटघाटको कुनै कार्यक्रम थिएन ।
२. लोकतन्त्रमा रचनात्मक आलोचना : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा प्रतिस्पर्धा हुनु स्वभाविक भएको बताएका छन् ।
भूकम्प स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा ओलीले भने-
-प्रतिस्पर्धालाई स्वस्थता र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनुपर्छ ।
-आलोचना स्वागत छ र स्वागतयोग्य हुन्छ ।
-तर आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक आलोचना होस् न कि झुटमा आधारित, असत्य र भ्रामक एवं विनाश निम्त्याउने खालको, नेपाली समाजलाई भाँड्ने, विभाजित खालको होइन ।
-राष्ट्रिय एकतामा आबद्ध गर्ने खालको होस्, यस कुरामा हामीले ध्यान दिनुपर्दछ ।
३. यथासम्भव कानून बनाउन सभामुखको अपिल
सभामुख देवराज घिमिरेले असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानून बनाउन अपिल गरेका छन् ।
प्रतिनिधिसभाको छैटौँ अधिवेशन प्रारम्भ भएको अवसरमा संसदमा संक्षिप्त सम्बोधन गर्दै सभामुख घिमिरेले भने-
-संसदको मुख्य जिम्मेवारी भनेको मुलुकका लागि कानून निर्माण गर्नु नै हो ।
-समयमा नै कानून बनाउन नसक्दा देखिएका असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न संसदले निर्माण गर्नुपर्ने कानूनलाई यथासम्भव टुङ्ग्याउन हामी सबैको साझा प्रतिबद्धता आवश्यक छ ।
४. सरकार ढल्ने हल्ला, धमिलो पानीमा माछा मार्ने प्रयास : कांग्रेस
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सरकार ढल्छ भन्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने-
-सरकार परिवर्तनको हल्ला चलाएर अस्थिरता निम्त्याउने प्रयास भइरहेको छ ।
-विगतको २० वर्षमा केही पनि भएन व्यवस्था मात्रै परिवर्तन भयो भन्ने तर्कमा कुनै सत्यता छैन।
-तथ्यांकले पनि भन्छ, तथ्यांकले मात्रै होइन हाम्रो आँखाले पनि २० वर्ष अघि पछिकोलाई देखेको छ ।
-संसारको तुलना गर्ने हो भने आज अमेरिकासँग तुलना गरेर नहोला ।
-तीनका तुलनामा हाम्रो विकासको गति कमजोर होला तर हामी साह्र नै कमजोर अवस्थामा छौं भन्ने अवस्थामा छैनौं ।
५. कांग्रेस नेतालाई गोकर्णको जवाफ
नेकपा एमालेका सचिव गोकर्ण विष्टले दुई ठूला दल मिलेर बनेको केपी ओली नेतृत्वको सरकार राजनीतिक स्थिरताको लागि बनेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा एमालेको तर्फबाट बोल्दै सात बुँदे सहमतिलाई इमानदार ढंगले कार्यान्वयन गर्दै अघि बढ्ने विष्टले बताए ।
उनले भने-
-यो सरकार गयो गयो भनेर निराशा र अस्थिरता पैदा गरिने प्रयास हुँदैछ, त्यसमा कुनै सत्यता छैन ।
-दुई दलबीचको आपसी समझदारी र सहमतिको आधारमा अघि बढिरहेका छन् ।
-कहीँ कतै समस्या छन् भने राजनीतिक संयन्त्रहरू छन् ।
-असहमति भए त्यहीँ नै समाधान खोजौँ ।
कांग्रेसका असन्तुष्ट नेताहरूलाई लक्षित गर्दै विष्टले भने-
-कहिलेकाहीँ त यस्तो लाग्छ, सत्तामा रहेका साथीहरू पनि सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा, चिन्न पनि गाह्रो हुने खालको अवस्था पैदा हुन्छ ।
-यो प्रकारको अवस्थाबाट माथि उठौँ ।
-गठबन्धन सरकारलाई मर्यादित ढंगले नै अगाडि बढाऔं ।
६. सरकार विचौलियाले चलाएको गगनले नै पुष्टि गरिदिनु भयो पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केपी ओली सरकार विचौलिया र स्वार्थ समूहले बनाएको भन्ने कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिले थप पुष्टि भएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले स्वार्थ समूह केन्द्रित काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम नगरेको आरोप लगाए ।
पूर्वअर्थमन्त्री समेत रहेका पुनले भने-
-हामीले भन्दै आएको कुरालाई प्रतिपक्षले लगाएको आरोप भन्दै आइरहेका थिए ।
-तर, सरकारको एकपछि अर्को व्यवहारले विचौलियाले बनाइदिएको भन्ने पुष्टि हुँदैछ ।
-यो सरकार बनेदेखि स्वार्थ समूहको काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम गरेको छैन ।
-आज हामीले मात्रै होइन, सत्तारुढ दलका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन संयन्त्रका सदस्यसमेत रहेका सदस्यले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ भन्नुभयो ।
-ढिलै भए पनि सत्य बोल्नुभएकोमा धन्यवाद छ ।
पुनले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने समेत बताए ।
सरकार गठन भएको दश महिनासम्म पनि सम्पत्ति सार्वजनिक नभएकामा उनले आपत्ति जनाए ।
७. कांग्रेस सहमहामन्त्री छोरा भाटभटेनी लुटपाटमा संलग्न : राजेन्द्र लिङदेन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध गर्नु नभएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै राजसंस्थाको कुरा गर्नु प्रजातन्त्रको विरोध गर्यो भन्ने गलत भाष्य निर्माण भइरहेको बताए ।
उनले भने-
-राजसंस्था र प्रजातन्त्र एकअर्काका विकल्प होइनन् ।
-दुनियाँका धेरै समृद्ध देशहरू छन्, जहाँ लोकतन्त्र र राजसंस्था सँगसँगै छन् ।
-त्यसैले राप्रपाले यहाँ राजसंस्थाको पक्षमा कुरा गर्नु लोकतन्त्रको विरुद्धमा होइन ।
-यो गलत भाष्य निर्माण नगरियोस् ।
-हामीसँग रेकर्ड छ गृहमन्त्रीज्यू भाटभटेनीको लुटपाटमा तपाईँकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेका छन् ।
-किन छाड्नुभयो तुरुन्तै ?
-तपाईँको नेताको छोराले रक्सी लिएर गयो उसले ल्याएको मान्छेले म रक्सी खान्न मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो ।
-पछि थाहा भयो, तपाईँहरूको प्रहरीले पक्राउ गर्दा खेरी भिडियोमा हेरे पक्रियो ।
-तर, नेताको छोरा रहेछ ।
-नेताको छोरालाई छोड्नुभयो ।
-ल्याएको मान्छे छुटेन, पछि यो कुरा सार्वजनिक गर्दिन्छु भनेर धम्क्याएपछि दुई घण्टामा छाडिदिनुभयो ।
-त्यसैले यो सत्य तथ्य सार्वजनिक हुन जरुरी छ ।
८. संयुक्त राष्ट्रसंघलाई नवराज सुवेदीको ज्ञापनपत्र
राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजावादी आन्दोलने क्रममा सरकारले मानवअधिकारको गम्भीर उल्लंघन गरेको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र बुझाएका छन् ।
सुवेदीको नेतृत्वमा गएको एउटा प्रतिनिधिमण्डलले राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा आज सो ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा सुबेदीले आफूलाई सरकारले बिना पक्राउपूर्जि झण्डै एक महिना घरमा नजरबन्द गरेको उल्लेख गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगमा समेत बुझाइएको ज्ञापनपत्रमा भनिएको छ-
-मार्च २८ को बेलुकादेखि अप्रिल २१ सम्म सुरक्षाकर्मीले मलाई २४ घन्टा निगरानीमा राखे र बाहिर आवतजावत गर्न दिएनन् ।
-मलाई कुनै पक्राउ पूर्जि पनि दिइएको थिएन, जसको पुष्टि राष्ट्रिय मानवअधिकार आयोगले पनि नगरिसकेको छ ।
-नेपाली सेनाले माइन प्रोटेक्सन भेइकल र आम्र्ड प्रोटेक्सन करिअरसमेत मेरो घर अगाडि प्रदर्शन गर्यो ।
-यो अन्तर्राष्ट्रिय मानवअधिकार कानून र हाम्रो देशको संविधान विपरित छ ।
-नेपालमा धेरै राजनीतिक क्रान्ति र आन्दोलनहरु भइसकेका छन् ।
-तर, तीनकुनेमा जति शक्तिप्रयोग विगतमा कहिल्यै भएको थिएन ।
-कुनै पनि सरकारले यति धेरै मानवअधिकारको उल्लंघन गरेका थिएनन् ।
९. मेयरविरुद्ध बलात्कारको जाहेरी
सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुद्ध जबरजस्ती करणीको जाहेरी परेको छ ।
जिल्लाकै एक महिलाले आफूमाथि बलात्कार भएको र सन्तान समेत जन्मिएको भन्दै जाहेरी दिएकी हुन् ।
नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मेयर अधिकारीबाट बलात्कृत भएकी भनिएकी महिलाले एक सन्तान समेत जन्माएकी छन् ।
अधिकारी २०७९ को स्थानीय तहको निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनबाट मेयरमा निर्वाचित भएका थिए ।
नेकपा माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका नेता अधिकारी सांसद राजन दाहालको कोर टिमका प्रभावशाली सदस्य मानिन्छन् ।
उनकी श्रीमती सम्झना अधिकारी जिल्ला समन्वय समितिको पूर्व उपप्रमुख हुन् ।
जिल्लाकै एक महिलालाई लोभलालच देखाएर विवाहेत्तर सम्बन्ध राखेको र त्यसबाट जन्मिएको बच्चालाई स्वीकार समेत नगरेपछि यो विवाद बलात्कारको तहमा पुगेको माओवादीका एक नेताले बताए ।
१०. विश्वकपको एसिया छनोट : पूजा उपकप्तान
आउँदो मे महिनामा हुने आईसीसी महिला टी २० विश्वकप एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार ईन्दु वर्माको कप्तानीमा एसिया छनोट खेल्ने १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
उक्त टोलीको उपकप्तानको जिम्मेवारी पूजा महत्तोलाई दिइएको छ ।
उनकै नेतृत्वमा नेपालले पहिलो पटक यू १९ विश्वकप क्रिकेट खेलेको थियो ।
विश्वकपको एसिया छनोट आउँदो मे ९ देखि २० सम्म थाइल्यान्डमा हुनेछ ।
उक्त छनोटमा ९ देशले सहभागिता जनाउँदैछन् ।
शीर्ष दुईमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
नेपाली टोली : ईन्दु वर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रोमा थापा, रुबिना क्षेत्री, विन्दु रावल, कविता जोशी, सम्झना खड्का, राजमती ऐरी, रुबी पोद्दार, कविता कुँवर, सवनम राई, ईश्वरी विष्ट, मनिषा उपाध्याय र रीया शर्मा ।
११. ताप्लेजुङ दुर्घटना छानबिन हुने
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा ८ वैशाखमा पाथीभरा मन्दिर जाँदै गरेको बोलेरो गाडीका चार यात्रुको जलेर मृत्यु भएको थियो ।
सडकमा हिँडिरहेको जिपले भुइँमा लत्रिएको अवस्थाको करेन्ट प्रवाह भइरहेको तारमा छोएपछि करेन्टसँगै जिपमा आगो लागेको थियो ।
त्यसक्रममा जलेर पाथीभरा मन्दिर दर्शन गर्न हिँडिरहेका चारजनाको घटनास्थलमै ज्यान गएको थियो ।
गम्भीर लापरबाहीको कारण चारजनाको ज्यान गएपछि पनि घटनाको छानविन गर्न सरकारले उदासिनता देखाएको भन्दै आलोचना भइरहेका वेला ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले चार सदस्यीय छानविन समिति गठन गरेका छन् ।
ऊर्जा मन्त्रालयले नेपाल विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा छानविन समिति गठन गरेको हो ।
समितिमा मन्त्रालयका दुईजना प्रतिनिधि र पुल्चोक इन्जिनियरिङ क्याम्पसका एकजना प्रतिनिधि सदस्य रहने मन्त्री खड्काको सचिवालयले जनाएको छ ।
१२. १४ महिनापछि राजीनामा दिन्छु : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् ।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग ओलीले भने-
-अब १४ महनिापछि मैले राजीनामा गर्छु ।
-शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ ।