spot_img

सरकारको चिन्ता गर्नुपर्दैन, मिसन ८४ मा लागौं : ओली

  • २०८२ वैशाख ११ बिहीबार । काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरेका छन् ।

सरकारभन्दा पनि आगामी निर्वाचनका बारेमा चिन्ता लिन उनले आग्रह गरे ।

बिहीबार काठमाडौंको भृकुटिमण्डपमा लोकतन्त्र दिवसको अवसरमा आयोजित युथ सेलिब्रेसनमा ओलीले भने-

-यतिबेला नेकपा एमाले र कांग्रेसको सरकार एउटा संकल्पसाथ बनेको सरकार हो ।

-यो स्थिरता र स्थायीत्वका लागि बनेको सरकार हो, यो सरकार केही लिएर अघि बढेको छ ।

-सरकारको बारेमा होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ ।

-नेकपा एमालेले सरकार बनऔं, सरकार बचाऔं भनेर हेरिरहेको हुँदैन ।

-नेकपा एमालेले सधैं चुनाव हेरेको हुन्छ ।

-हामीले ७० को चुनाव भन्यौं र ८४ को चुनाव भनिरहेका छौं ।

-ढुक्कले मिसन ८४ मा लाग्नुस् ।

-सरकार जान्छ, जान्छ (ढल्छ) भनेर भन्न थालेका छन् ।

-लोकतन्त्रमा सरकार बन्दा लामो समयका लागि ५ वर्षका लागि बन्छ ।

-यो तानाशाही त होइन, अधिनायकवादी व्यवस्था त होइन कि कसैको वंशको शासन हुन्छ ।

५० वर्षका लागि हुन्छ, २ सय ५० वर्षका लागि हुन्छ, १ सय ४ वर्षका लागि हुन्छ भनेजस्तो ।

-हामीले भनेको स्थिरता जनताको अभिमतसहितको स्थिरता हो ।

-लोकतन्त्रमा मात्रै समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा हुन्छ ।

-अहिले सामान्ती युगलाई फेरि फर्काउने आवाज कताकता सुनिन थालेको छ।

-देशमा लोकतन्त्र नमान्ने, संविधान नमान्ने, जनताको बलिदानको अपमान गर्ने काम भएको छ ।

-प्रतिगमनतिर देशलाई लानको लागि जनताको हत्या, तोडफोड, आगजनी गर्ने काम भएको छ ।

-राजावादीहरूले जंगली मात्रै होइन राक्षसी प्रवृत्ति देखाएका छन् ।

-त्यस्तो प्रवृत्ति अस्वीकार गर्दै युवाहरू लोकतन्त्र र संविधानको रक्षा गर्ने कुरामा लाग्नुपर्छ ।

-संसद्को बनोट अनुसार ठिक ढंगले देशलाई अघि बढाउन सकेसम्मका प्रयास नेकपा एमालेले गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular