spot_img

…त्यस्तो भयो भने कांग्रेस सरकारबाट बाहिरिन्छ : गगन थापा

  • २०८२ वैशाख ११ बिहीबार । काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान सरकारमा रहिरहनु कांग्रेसको बाध्यता भएको बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा महामन्त्री गगनले भने-

-आज हामी बाध्यतामा छौं, सरकारमा हामी एक्लै छैनौं ।

-कतिपय हामीले कम्परमाइज गरेका छौं ।

-तर आधारभूत कुराहरूमा हामी कम्परमाइज गर्दैनौं ।

-हामीले भन्न सक्नुपर्छ, पर्‍यो भने हामी यस्तो सरकारबाट बाहिर जान्छौं ।

-सरकार सबैभन्दा ठूलो कुरा होइन ।

समस्याको मात्रै कुरा गरेर नहुने भन्दै महामन्त्री थापाले समाधान दिएर जनतामा भरोसा पैदा गर्न सक्नुपर्ने बताए ।

बेचैन भएको नेपाली समाजलाई आश्वास्त पार्ने जिम्मेवारी राष्ट्रिय शक्तिको जिम्मेवारी भएको भन्दै उनले त्यसलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसको रहेको बताए ।

उनले भने-

-हामीले सम्हाल्नु पर्छ ।

-हामी उत्तेजनामा आएर पनि हुँदैन, भड्काउबाजी कुरा गरेर पनि हुँदैन ।

-हामीले नैराश्यताको कथा भनेर पनि हुँदैन, भागेर पनि हुँदैन ।

-हामीले सामना गर्नुपर्छ, हामीले संवाद गर्नुपर्छ ।

-हामीले आश्वस्त पार्नुपर्छ, भरोसा दिनुपर्छ ।

-शिक्षक आन्दोलन, निजामती कर्मचारीलगायतको आन्दोलनको विषयमा कांग्रेस जिम्मेवार ढङ्गले प्रस्तुत हुनुर्छ ।

-अन्य दलबाट राष्ट्रपति, उपराष्ट्रपति भएका व्यक्ति राजनीतिमा फर्किए पनि कांग्रेसमा त्यस्तो हुँदैन भन्न सक्नुपर्छ ।

-मैले निराशा बढाउन खोजेको होइन प्रमुख पार्टीमा रहेका शीर्ष नेताप्रति आम मानिसको भरोसा टुटिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular