spot_img

शिक्षामन्त्री रघुजीले भने- बोल्नेभन्दा पनि काम गर्छु

  • २०८२ वैशाख ११ बिहीबार । काठमाडौं ।

नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराए ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका हुन् ।

विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि एमालेबाट पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन् ।

वार्ताबाटै समाधान

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुको मागबारे जानकार भए पनि अहिलेसम्म भएका प्रयासहरुबारे जानकारी लिएपछि मात्रै बोल्ने बताएका छन् ।

शिक्षामन्त्रीको पदभार ग्रहणपछि उनले भने-

-शिक्षकहरुलाई वार्ताबाट कक्षाकोठामा फर्काउने प्रयास गर्छु ।

-अब बोल्ने भन्दा पनि काम गर्ने ठाउँमा आएको छु ।

-वार्ताबाट शिक्षकहरूको माग सम्बोधन गर्ने प्रयास गर्छु ।

-मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ।

विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु २३ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

शिक्षकहरुको माग सम्बोधन गरेर शिक्षकहरुलाई विद्यालय फर्काउनुपर्ने चुनौती पन्तमाथि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular