- २०८२ वैशाख १० बुधबार । काठमाडौं ।
देशभर गर्मी बढ्न थालेको छ ।
आगामी दिनमा तापक्रम अझै बढ्नेछ ।
तत्काल पानी पर्ने सम्भावना छैन ।
देशका विभिन्न ठाउँमा तातो हावा चल्नेछ ।
तापक्रम बढ्न थालेपछि जनजीवन प्रभावित भएको छ ।
गर्मीका कारण मानिसहरूमा आँखा पोल्ने, टाउको दुख्ने, रिँगटा लाग्ने र जिउ चिलाउने लगायत स्वास्थ्य समस्या देखिन थालेको छ ।
गर्मीमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
अब केही दिन पानी पार्ने वा बादल लाग्ने छैन ।
त्यसैले गर्मी थप बढ्नेछ ।
लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी पुगेको छ ।
मधेश प्रदेशका पश्चिमी भूभाग, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस आसपास पुगेको छ ।
गत २४ घण्टामा कोशी प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भयो ।