spot_img

जम्मुकश्मिरमा एक नेपालीको मृत्यु, छानीछानी हिन्दूको हत्या

२०८२ वैशाख १० बुधबार । काठमाडौं ।

भारतको जम्मुकश्मिरको पहलगाममा आतंककारीले गरेको आक्रमणमा २७ जनाको मृत्यु भएको छ ।

मंगलबार भएको आक्रमणमा एक नेपालीको समेत मृत्यु भएको छ ।

सुदीप न्यौपानेको मृत्यु भएको हो ।

उनको ठेगाना बुटवल उपमहानगरपालिका रुपन्देही हो ।

नेपालकी रेनु पाण्डे भाइते भएकी छिन्, उनको अवस्था स्थिर छ ।

मृतकमा बितन अधिकारीको नाम पनि छ ।

अधिकारी थर भएकाले कतिपयले दुई जना नेपालीको मृत्यु भएको भनेका छन् तर अधिकारीको देश खुलाइएको छैन ।

त्यसैले हालसम्म एक जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकलाई लक्षित गरेर आक्रमण भएको थियो ।

बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ ।

बैसारन ठाउँ निकै सुन्दर भएकाले यसलाई ‘मिनी स्विटजरल्याण्ड’ भन्ने गरिन्छ ।

गोली प्रहार गरी हत्या

आतंकवादीहरुले पर्यटकलाई नियन्त्रणमा लिएर नाम सोधी–सोधी गोली हानेर मारेका हुन् ।

सैनिक पोशाकमा आएका ५ जना बन्दुकधारीले नाम र देश सोध्दै हिन्दू नाम भएका जतिलाई गोली हानेका थिए ।

मृत्यु हुनेहरुमा नेपाल र यूएईका नागरिकसहित भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका छन् ।

यसअघि सन् २०१९ फेब्रुअरीमा जम्मुकश्मिरको पुलवामा भएको आतकंकारी आक्रमणमा ४० भारतीय सैनिकको मृत्यु भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरब भ्रमणमा छन् ।

उनी भ्रमण कार्यक्रम छोट्याएर स्वदेश फर्किने छन् ।

नेपालले गर्‍यो निन्दा

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मुकश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरेका छन् ।

प्रधानमन्त्री ओलीले आतंकवादविरुद्धको लडाइँमा भारतसँग दृढ ऐक्यबद्धता जनाउँदै यस्ता सबै किसिमका आतङ्कवादी कार्यको कडा निन्दा गरेका हुन् ।

ओलीले सामाजिक सञ्जाल लेखेका छन्-

-पहलगाममा भएको आतङ्कवादी आक्रमणमा परेका सबैप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।

-नेपालले भारतसँग दृढ ऐक्यबद्धता जनाउँछ र सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गर्दछ ।

-आक्रमणमा नेपाली नागरिक परेको आशङ्कासम्बन्धी रिपोर्टहरूका बारेमा नेपाल सरकार भारतीय पक्षसँग समन्वयमा रहेको छ ।

-पीडितमध्ये एक नेपाली नागरिक हुन सक्ने रिपोर्टबारे प्रमाणीत गर्न नजिकबाट समन्वय भइरहेको छ र आवश्यक सम्पूर्ण सहायता उपलब्ध गराइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular