- २०८२ वैशाख ९ मंगलबार । काठमाडौं ।
ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् ।
नेपाल सुपर लिग (एनएसएल) फुटबल हेर्न उनी काठमाडौं आएका हुन् ।
मंगलबार एनएसएल आयोजकले कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
कार्लोसले नेपाल आउँदा निकै खुशी लागेको बताए ।
नेपाल सुपर लिग (एनएसएल) दशरथ रंगशालामा भइरहेको छ ।
कार्लोस धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्न रंगशाला पुग्नेछन् ।
ब्राजिलले सन् २००२ को फिफा विश्वकपको उपाधि जित्दा उनी टिमका महत्त्वपूर्ण सदस्य थिए ।
उनले ब्राजिल फुटबल टिमबाट सन् १९९२ देखि २००६ सम्म खेलेका थिए ।
कार्लोस अहिले ५१ वर्षका भए ।