spot_img

अझै भएन टिकाको अप्रेशन, आलमले दिएका थिए यस्तो धम्की

  • २०८२ वैशाख ८ सोमबार । रुपन्देही ।

बुटवलमा गोली लागेकी टीका विष्ट क्षेत्रीको अझै अप्रेशन भएको छैन ।

अझै दुई-तीन दिनपछि मात्रै उनको अप्रेशन (शल्यक्रिया) गरेर गोली निकालिने भएको छ ।

टिकालाई भारतीय युवकले गोली हानेका थिए ।

भारतीय युवकले टिकालाई प्रेमविवाह गरौं भनेका थिए ।

त्यो प्रस्ताव टिकाले रिजेक्ट गरिन् ।

अनि बिहानै आएर टिकालाई गोली हाने ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ की २९ वर्षीया टिकारुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा होटेल चलाउँदै बसेकी थिइन् ।

होटल खोलेर सरसफाइ गदै गर्दा शनिबार बिहान भारतीय युवक सारे आलम अन्सारीले टिकालाई गोली हानेका थिए ।

टिकाका मामा शंकर कुँवरले भने

-भारतीय युवकको नाम र फोटासहित प्रहरीमा जानकारी दिएका छौं ।

-सारे आलम अन्सारीले यसअघि पनि विहे नगरे मारिदिने धम्की दिएका थिए ।

-गोलीले पेटमा लागेको घाउको उपचार भइरहेको छ ।

-गोलीले कलेजो र फोक्सोमा असर पारेको छ ।

-गोली निकालिएको छैन ।

-बाहिरको घाउ निको भएपछि मात्रै सल्यक्रिया (अप्रेशन) गरेर गोली निकाल्न मिल्ने कुरा डाक्टरले गरेका छन् ।

-टिकाको आईसीयू उपचार भइरहेको छ ।

-पाँच दिन बिरामीको अवस्था हेरेपछि मात्रै शल्यक्रिया गर्ने/नगर्ने निक्र्यौल हुनेछ ।

-टिकाकोको स्वास्थ्य अवस्था स्थिर छ ।

यो छुट्यो कि ?

होटेल खोल्दै गर्दा टिकामथि गोली प्रहार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular