spot_img

रेनुलाई हर्कको कटाक्ष : बाउ र पार्टी दुवै ठिक छैन, बिचरा !

  • २०८२ वैशाख ८ गते सोमबार । विराटनगर ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भरतपुर महानगरकी मेयर रेणु दाहाललाई मान्छे मार्न नभई देश निर्माणमा कसरी जोड्न सकिन्छ भनेर सिक्न आउन आव्हान गरेका छन् ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै मेयर हर्कले जनताको शक्तिलाई ढुङ्गा हान्न र भएको संरचना भत्काउन नभई आफूले देश बनाउन प्रयोग गरेको दाबी गरेका छन् ।

भरतपुरकी मेयर रेणुलाई देश निर्माण गर्ने भिजन पनि सिकाउने बताएका छन् ।

केही दिन अघि मेयर रेणुले हर्क साम्पाङले ठूला योजना गर्नु पर्थ्यो भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

त्यो सुनेर हर्क रिसले आगो भएका हुन् ।

हर्कले रेणुको पार्टी (माओवादी केन्द्र) लाई सामन्त र दलाल, पुँजीपतिहरूको पार्टी बनिसकेको भन्दै बिचराको संज्ञा दिएका छन् ।

हर्कले रेणुका बुवा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई जोडेर समेत गाली गरेका छन् ।

हर्कले लेखेका छन्-

-रेनु दहालले मलाई ठुला योजना गर्नु पर्थौ भनेर भनेछ !

-रेनुजी तपाइँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो त मैले के गर्ने ?

-बाऊ ठिक रैनछ, पार्टी ठिक रैनछ त !

-एयरपोर्ट मागेको तपाइँकै पार्टीको सुदन किराती मन्त्री थिए र तपाइँकै बाऊ प्रधानमन्त्री थिए, ‘बिराटनगरमा छँदैछ किन चाहियो धरानमा’ भने !

-अहिलेका पार्टी ठिक छैन रैछ कुनै पनि विभेद गर्छ !

-तपाइँको बाऊले नि प्रम हुँदा बजेट जति सबै तपाईंकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे !

-अब ८४ मा म आफै आएर गर्नु पर्ला त्यो ठाउँमा भन्दैछु !

-बालेन जीको कुरा नगर्नु वहाँको बजेट २६ अर्ब माथिछ !

-पैसा २०% पनि खर्च गर्न सक्दैन त्यो महानगरले !

-बिना पैसा पनि बिकास कसरी गर्न सकिन्छ ? जनताको शक्तिलाई ढुङ्गा हान्न, भएको संरचना भत्काउन र मान्छे मार्नमा होइन देश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने कुरा सिक्न म कहाँ आउनु !

-भिजन भनेको के हो त्यो म सिकाउँछु !

-विदेशी ऋण बोकेर धेरै ठूलो गाडी हाँक्नु हुँदन, स्वदेशी उत्पादनमा जोड दिनु पर्छ, यो हो भिजन !

-बिचरा तपाइँलाई के थाहा श्रम र श्रमिकलाई अपमान गर्ने अभिव्यक्ति दिने तपाईंहरुको पार्टी सामन्त र दलाल, पूँजीपतिहरुको पार्टी बनिसक्यो भन्ने ! बिचरा…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular