- २०८२ वैशाख ८ गते सोमबार । काँक्रेविहार ।
कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ ।
गएराति पलाँता गाउँपालिका–२ बुडाडाँडा नजिक दुर्घटना भएको हो ।
पलाँता–९ थिर्पुबाट खाद्यान्न, खुद्रा सामान लिएर ट्र्याक्टर पलाँता–४ छलतर्फ जाँदै थियो ।
मृतक :
ट्र्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका २५ वर्षीय चन्द्र प्रकाश रोकाय ।
कालीकोट, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक ।
पलाँता गाउँपालिका–४ का ३२ वर्षीया सदु बुढा ।
पलाँता–५ सल्लीकोटकी २६ वर्षीय अम्बा शाही ।
प्रहरीका अनुसार –
-चारै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
-ट्र्याक्टर सडकभन्दा तल अप्ठेरो भिरमा अड्किएको छ ।
-शवहरु सडकभन्दा करिब २०० मिटर तल भेटिएको थियो ।