- २०८२ वैशाख ८ गते सोमबार । ताप्लेजुङ ।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो (गाडी) मा आगो लाग्दा चार जनाको मृत्यु भएको छ ।
दुई जना घाइते भएका छन् ।
मे १ च ३०११ नम्बरको बलेरोमा फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा एक्कासी आगो लागेको थियो ।
घटना आज बिहान करिब ५ः०० बजे तिरको हो ।
विद्युतको पोलबाट चुँडिएको तार सडकमा झरेको थियो ।
त्यो तारमा गाडी अल्झिँदा एक्कासी आगो लागेको बताइएको छ ।
मृतक :
ललितपुर महानगरपालिका–१० का १६ वर्षीया आध्या आचार्य ।
भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल ।
विनोद पौडेलकी श्रीमती ६९ वर्षीय सरिता पौडेल ।
ताप्लेजुङ फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई (सवारी चालक) ।
घाइते :
ललितपुर–१० का ४५ वर्षीया सविना आचार्य ।
सविनाका १० वर्षीय छोरा भविमय आचार्य ।
थप उपचार काठमाडौंमा
घाइते दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ ।
जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं ल्याउन लागिएको हो ।
प्रहरीका अनुसार सबिना र भविमय खतरामुक्त छन् ।