spot_img

सपरिवार थाइल्यान्ड उडे देउवा, भ्रमण अर्थपूर्ण !

  • २०८२ वैशाख ७ गते काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्ड उडेका छन् ।

शेरबहादुर देउवा परिवारसहित आज थाइल्याण्डको राजधानी बैंकक गएका हुन् ।

शेरबहादुरसँगै परराष्ट्रमन्त्री आरजु राणा र छोरा-बुहारी पनि थाइल्यान्ड लागेका छन् ।

स्वास्थ्य उपचारको लागि सभापति देउवा थाइल्याण्ड गएको भनिएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले भने-

-उहाँ स्वास्थ्य उपचारको लागि थाइल्याण्ड जान लाग्नुभएको हो ।

-यो उहाँहरूको पारिवारिक भ्रमण हो ।

-थाइल्याण्डमा देउवाको कुनै राजनीतिक भेटघाटको कार्यक्रम हुँदैन ।

भ्रमण अर्थपूर्ण

सत्ता गठबन्धनभित्र असन्तुष्टि बढिरहेको समयमा शेरबहादुर र उनकी पत्नी आरजु थाइल्यान्ड जानुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

एमालेसँगको सहकार्यको ९ महिनामै कांग्रेसभित्र केपी ओली सरकारप्रति असन्तुष्टि बढ्दैछ ।

सत्ता गठबन्धनमा असन्तुष्टि बढिरहेको बेलामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शेरबहादुर प्रधानमन्त्री बने आफूहरू सघाउन तयार रहेको बताउँदै आएका छन् ।

कार्यवाहक सभापति खड्का

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश बाहिर लागेपछि उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुन्जेलसम्म खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular