- २०८२ वैशाख ७ गते आइतबार । काठमाडौं ।
राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले २०८२ जेठ १५ गते गणतन्त्र अन्त्य हुने बताएका छन् ।
पृथ्वी पथको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रममा जगमानले गणतन्त्र दिवसकै दिन गणतन्त्र बिदा हुने दाबी गरे ।
जगमान भन्छन्–
-हाम्रो मान्यता के छ भने, कुनै मान्छे मर्न पर्यो उसको जन्म महिना, बार, कहिले छ त्यहीले मर्छ भनिन्छ ।
-यो गणतन्त्रको घोषणा कहिले भयो, जेठको १५ गते होइन ? जेठ १५ गते गणतन्त्र दिवस मनाउँछन् नि, यसको अन्त्य पनि २०८२ साल जेठको १५ गते हुन्छ, त्यही हो कुरा ।
-हामीले आन्दोलन कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरिरहेका छौं ।