spot_img

बुटवलमा युवतीमाथि गोली प्रहार

  • २०८२ वैशाख ६ गते शनिबार । बुटवल

रुपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ ।

बुटवल ११ बुद्धनगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।

उनको कम्मर माथि गोली लागेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार –

-रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगर बस्ने टिकामाथि गोली प्रहार भएको हो ।

-उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

टिकाको केही दिनअघि एक भारतीय युवकसँग विवाद भएको स्थानीयले बताएका छन् ।

त्यही भारतीय युवकले गोली हानेको हुनसक्ने स्थानीयको आशंका छ ।

घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular