spot_img

प्रचण्डलाई ओलीको जवाफ : नलाग पछि हल्लैको

  • २०८२ वैशाख ५ गते शुक्रबार । चितवन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्लाको पछाडि कुनै सत्यता नरहेको बताएका छन् ।

नयाँ वर्षको दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै २०८२ सालसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्तिको ओलीले जवाफ फर्काएका हुन् ।

चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बेधन गर्दै उनले ओलीले भने –

-कांग्रेस र एमाले जस्ता ठूला र इतिहास बोकेका दलहरुले देशमा विकास र सुशासन दिनका लागि एकसाथ मिलेर सरकार गठन गरिएको हो ।

-यो सरकार स्थिर छ, देशमा स्थायित्व स्थापित हुनेछ ।

-ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस् ।

-नलाग पछि हल्लैको भन्ने गीत छ नि, हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन ।

-देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध देश र सुखी नेपाली बनाउनुपर्छ ।

-त्यो भन्दा परिस्कृत परिमार्जित गन्तव्य अरु छैन ।

इच्छाकामनाको तारिफ

उनले सुखी नेपाली र समृद्ध नेपाल धेरै ठूलो औषधि सानो क्याप्सुलमा राखेजस्तो भएको बताए ।

उनले इच्छाकामना गाउँपालिका प्राकृतिक रुपमा निकै सम्भावना भएको पालिका भएको बताए ।

उनले चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी गरेर गर्मीको बेला चिसो खान इच्छाकामना गाउँपालिकामा आउने सकिने बताए ।

मनकामना मन्दिर दर्शन गर्न जान आउन, इच्छाकामना मन्दिरको दर्शन नगरी मनोकामना पुरा नहुने भएकोले धार्मिक र पर्यटकीय सम्भावना उच्च रहेको प्रधानमन्त्री ओलीले बताए ।

इच्छाकामनाको पहाडमा सुरक्षित आवास निर्माण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले कृषि, पर्यटन, आर्यआर्जनमा स्थानीयलाई जोड्न सुझाव दिए ।

प्रधानमन्त्री ओलीले चितवनको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपालिकाको ४ करोड २ लाख रुपैयाँको लागतमा बनेको (४ तले) भवनको उद्घाटन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular