spot_img

मकवानपुरगढीमा दुर्घटना, बालिकासहित २ को मृत्यु

  • २०८२ वैशाख ५ गते शुक्रबार । हेटौंडा ।

मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ खण्डमा माइक्रो बस दुर्घटना भएको छ ।

दुर्घटनामा २ जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

मकवानपुरगढी गाउँपालिका २ धरमपानीमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र०१-००६ ख ७०७२ नम्बरको इभीको माइक्रो बस दुर्घटना भएको हो ।

सर्लाहीको बागमती गाउँपालिका ७ बस्ने १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका वडानम्बर ५ बस्ने ५० वर्षीय निलमदेवी राउतको मृत्यु भएको छ ।

मगरको शव घटनास्थल नजिकको खोल्सामा भेटिएको थियो ।

राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

चालक सर्लाही बागमती गाउँपालिका ५ का २९ वर्षीय कमलबहादुर दर्लामीसहितका घाइतेहरुको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

गाडी सडकको मोडबाट करिब २०० मिटर तल खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular