नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाकी श्रीमती हुन्, आरजु राणा देउवा ।
उनी हाल केपी ओली नेतृत्वको सरकारका परराष्ट्रमन्त्री छिन् ।
उनै परराष्ट्रमन्त्री आरजु राणा देउवाले देश बन्दैन भन्नेहरूको पछि नलाग्न आग्रह गरेकी छिन् ।
आरजु भन्छिन् –
-म जहाँ जाँदा पनि नेपालको परराष्ट्रमन्त्री भनेपछि इज्जत दिन्छन् ।
-अङ्ग्रेजी आएर कपाल-सपाल बनाएको भएर होइन ।
-नेपालको परराष्ट्रमन्त्री भएर मैले त्यो इज्जत पाएको छु ।
-त्यसमा मैले भाग्यमानी ठान्छु ।
-यस्तो राम्रो देशको म परराष्ट्रमन्त्री बन्न पाएँ ।
-तर देशभित्र आउँदा मलाई पनि डिप्रेसन हुन्छ ।
-ढुङ्गा हालेको छ, गाली नै गरेको छ, नराम्रो नै भनेको छ ।
-यसले चाहिँ ओभरल राष्ट्रिय माहोल पनि बिग्रिएको छ ।
-जहिले पनि पेपर खोल्यो नराम्रो कुरा, मिडियाको त कामै त्यही हो ।
-राम्रो कुराको रिपोटिङ हुँदैन, नराम्रो कुरालाई एकदमै हाइलाइट गरिन्छ ।