२०८२ वैशाख ४ गते । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रादेशिक कमिटीहरु सशक्त बनाउने निर्णय गरेको छ ।
प्रादेशिक कमिटीहरु बलियो बनाउन रास्वपा जुर्मुराएको छ ।
आज बसेको केन्द्रीय समिति वैठकले सात वटै प्रदेशमा इन्चार्ज पनि तोकेको छ ।
कुन प्रदेशमा को इन्चार्ज ?
कोशी प्रदेश इन्चार्ज : सन्तोष परियार
मधेस प्रदेश इन्चार्ज : मनिष झा
बागमती प्रदेश इन्चार्ज : लिमा अधिकारी
गण्डकी प्रदेश इन्चार्ज : शिशिर खनाल
लुम्बिनी प्रदेश इन्चार्ज : विपिन कुमार आचार्य
कर्णाली प्रदेश इन्चार्ज : गणेश पराजुली
सुदूरपश्चिम प्रदेश इन्चार्ज : हरि ढकाल
फागुनमा महाधिवेशन
रास्वपाले फागुन ७, ८ र ९ गते महाधिवेशन गर्ने भनेको छ ।
यसअघि वैशाखमा महाधिवेशन गर्ने भनिएको थियो ।
तर संशोधित क्यालेन्डर अनुमोदन गर्दै फागुनमा महाधिवेशन गर्ने तय गरेको हो ।
महाधिवेशन चितवनमा हुनेछ ।
महाधिवेशपछि २०८२ असोज सम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गर्ने रास्वपाको योजना छ ।