अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्व अध्यक्ष गणेश थापामाथि लगाएको प्रतिबन्ध सकिएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकूवा भएको हो ।
फिफाले २०७२ मा एन्फाका तत्कालीन अध्यक्ष थापालाई १० वर्षसम्म फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाएको थियो ।
भ्रष्टाचार र घुस लिएकोसहित विभिन्न धारा उल्लंघन गरेको भन्दै फिफाले थापालाई प्रतिबन्ध गरेको हो ।
सो प्रतिबन्ध अप्रिल १५ (बैशाख २ गते) सकिएको हो ।
थापाले भनेका छन् –
-म माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको जानकारी गराउन चाहन्छु
।
-फिफाले सन् २०१५ को १६ अप्रिलमा प्रतिबन्ध लगाएको थियो ।
-त्यो प्रतिबन्ध २०२५ को अप्रिल १५ मा आएर टुंगिएको छ ।
-कठिन १० वर्षे अवधिपश्चात्, मेरो फुटबल सम्बन्धित सबै गतिविधिबाट भएको निलम्बन अब समाप्त भएको छ ।
-यो यात्रा चुनौतीपूर्ण थियो, तर यस अवधिमा मेरो परिवार, साथीहरू, शुभचिन्तकहरू र समस्त फुटबल प्रेमीहरूले गर्नुभएको सहयोग र अटल समर्थनको लागि म धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु ।