काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले कवाडी संकलन केन्द्र हटाएको छ ।
च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मको कवाडी संकलन केन्द्र हटाइएको हो ।
आवास क्षेत्रमा रहेका कवाडी संकलन केन्द्र हटाउन पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज महानगरले डोजर चलएको हो ।
कवाडी संकलन केन्द्र हटाउन महानगरपालिकाले डोजरसहित दर्जनौं नगर प्रहरी बल परिचालन गरेको छ ।
संरचना भत्काइएपछि त्यसको विरोधमा कवाडी संकलन केन्द्रका केही मजदुरले डोजरमा ढुंगामुढा गरेका छन् ।
ढुंगा लागेर डोजरको सिसा फुटेको छ ।
ढुंगा हान्ने दुई जनालाई नियन्त्रणमा लिइएको छ ।