राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी छन् ।
उनले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी हुन् ।
प्रतिनिधि सभाको जिम्मेवारीमै रहने भन्दै उनले कार्यवाहक सभापति डिपी अर्याल समक्ष राजीनामा बुझाएकी हुन् ।
आफू विधायकी भूमिकामै केन्द्रित रहने भन्दै पार्टीको जिम्मेवारीबाट सुमनाले राजीनामा दिएकी हुन् ।
उनी समानुपातिक सांसद हुन् ।
सुमना पार्टी सञ्चालन प्रक्रियाप्रति असहमत रहँदै आएको बताइएको छ ।
उनको राजीनामा केन्द्रीय समिति बैठकमा छलफलका लागि पेश हुनेछ ।