आईसीसी यू १९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ।
बुधबार भएको तेस्रो खेलमा हङकङले नेपाललाई ११६ रनको टारगेट दिएको थियो ।
नेपालले १२ ओभर ३ बलमा १ विकेट गुमाएर टारगेट पूरा गर्यो ।
नेपालका लागि कप्तान नरेन भट्ट ३९ र शाहील पटेलले ४२ रनको अविजित इनिङ खेले ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ ४६ ओभर २ बलमा ११५ रनमा समेटिएको थियो ।
हङकङलाई सस्तोमा समेट्न नेपालका युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए ।
बिपिन शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट झारेका थिए ।
ब्याटिङमा हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन बनाए ।
नेपालले पहिलो खेलमा युएईलाई ५ रन र दोस्रो खेलमा ओमनलाई ८ विकेटले पराजित गरेको थियो ।
नेपालले अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।