नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
आज राति (मंगलबार राति १२ बजे) देखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो ।
भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको छ ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ ।
निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।
पहिलो वर्ग, दोस्रो वर्ग र तेस्रो वर्ग ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन् ।
यस क्षेत्रमा पेट्रोल प्रतिलिटर १६०.५० रुपैयाँबाट घटेर १५७.५० रुपैयाँ पुगेको छ।
दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन् ।
यहाँ पेट्रोल प्रतिलिटर १६२ रुपैयाँबाट घटेर १५९ रुपैयाँ पुगेको छ।
तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन् ।
यहाँ पेट्रोल प्रतिलिटर १६३ रुपैयाँबाट घटेर १६० रुपैयाँ पुगेको छ ।