spot_img

महानगरले भन्यो- कुकुर, बिरालो दर्ता गर्नु

काठमाडौं महानगरपालिकाले कुकुर-विरालो दर्ता गर्न भनेको छ ।

महानगरपालिका क्षेत्रमा कुकुर-बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो बढी आउन थालेपछि दर्ता गर्न भनेको हो ।

आफ्ना कुकुर बिरालोलाई माइक्रोचिप लगाएर वडामा दर्ता गरेर मात्रै पाल्न महानगरले सूचना जारी गरेको छ ।

महानगरले सूचनामा भनेको छ –

काठमाडौं महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर बिरालो बिक्री वितरण गर्ने व्यक्ति संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्नु गराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular