spot_img

अब ट्रान्सक्रिप्ट र प्रोभिजनलको लागि टियू धाउनु नपर्ने

अब ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट लिनको लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालय (टियू कार्यालय) गएर फारम बुझाउनुपर्ने झन्झटको अन्त्य भएको छ ।

त्रिभुवन विश्वविद्यालयले मंगलबारदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट लिन अनलाइनबाटै फारम भर्न मिल्ने बनाएको छ ।

आज बिहान ११ बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरू गरिएको हो ।

अनलाइन सेवा नहुँदा त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा नै गएर फारम बुझाउनुपर्ने बाध्यता थियो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने –

-त्रिभुवन विश्वविद्यालयले आफ्नै पद्धति तयार गरी अनलाइन सेवा कार्यान्वयनको अवस्थामा पुगेको छ ।

-२०८२ वैशाख २ गते प्रातः (बिहान) ११ बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन हुने जानकारी गराउँछु ।

-क्रमशः अन्य सेवा पनि अनलाइन प्रणाली अन्तर्गत लागू गर्दै लैजाने योजना छ ।

-२०८२ साल जेठ १५ गतेदेखि त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट सञ्चालन गर्ने लक्ष्य छ ।

कसरी दिने आवेदन ?

-अनलाइनमा फारम भर्न student.tuexam.edu.np मा लगइन गर्नुपर्छ ।

-दिइएको निर्देशन अनुसार फारम भर्नुपर्छ ।

-तोकिएको शुल्क तिरी submit गर्नुपर्छ ।

-यसका लागि रजिष्ट्रेशन कार्डमा उल्लेख भएअनुसार मार्कसीटहरुमा एकरुपता भए सोही अनुसार गर्ने, नभए करेक्सन अप्सनमा गएर सच्याएर गर्न सकिन्छ ।

-अनलाइन वितरण गरिएका मार्कसीटबाहेक सो भन्दा पूर्व वितरण गरिएका पहेँलो सक्कल मार्कसीटमा फरक पर्न गएर एप्लिकेशन आइडीको स्लिप र सो मार्कसीट तोकिएको गोप्य शाखामा बुझाउनुपर्ने छ ।

यी सबै प्रक्रिया पूरा गरेपछि प्राप्त निर्देशन अनुसार ट्रान्सक्रिप्ट लिन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular