अचेल देशका धेरैजसो स्थानमा समय समयमा झ्याप्प-झ्याप्प बत्ती जाने गरेको छ ।
झ्याप्प-झ्याप्प बत्ती जान थालेसँगै फेरि लोडसेडिङ सुरु भएको आशंका हुन थालेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट बर्खास्त गरेसँगै यसरी बत्ती जान थालेपछि लोडसेडिङको आशंका उब्जिएको हो ।
तर नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ नभएको भनेर प्रष्टिकरण दिएको छ ।
प्राधिकरण भन्छ –
-हावाहुरी तथा मौसमी कारणले गर्दा बेला बेलामा विद्युत अवरोध हुने गरेको हो ।
-छोटो समयको लागि विद्युत अवरोध भएको हो, लोडसेडिङ भएको होइन ।
-देशका विभिन्न स्थानमा हावाहुरी तथा प्रि-मनसुन (प्रतिकूल मौसम) का कारण छोटो समय विद्युत सेवा अवरुद्ध हुने गरेको छ ।
-जसलाई लोडसेडिङ भएको भनि अतिरञ्जित र भ्रामक भनाइ सामाजिक सञ्जालमा व्यक्त हुँदै आएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
-विद्युत अवरूद्ध भएका ठाउँमा विद्युत सञ्चालन गर्न (देशभरका वितरण केन्द्रबाट) दिनरात काम भइरहेको छ ।
-अधिकांश ठाउँमा विद्युत आपूर्ति समेत भइसकेको छ ।
-कुनै ठाउँमा विद्युतीय संरचनामा क्षति पुगेको पाइए प्राधिकरणको सम्बन्धित कार्यालय वा हटलाइन नम्बर ११५० मा जानकारी गराउन पनि अनुरोध छ ।