पछिल्लो समय जाजरकोट जिल्लाका विभिन्न स्थानमा लगातार भूकम्प गइरहेको छ ।
आज (मंगलबार) बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटको पैंकलाई केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हिजो (सोमबार) राति ९ बजेर ३१ मिनेटमा पनि पैंक भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
पैंक कुशे गाउँपालिकामा पर्छ ।
भूकम्पले क्षति गरे-नगरेको विषयमा कुनै विवरण प्राप्त भएको छैन ।
गत चैत २१ गते साँझ ८ बजेर ७ मिनेटमा पैंकलाई नै केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसको तीन मिनेटमै ८ बजेर १० मिनेटमा फेरि पैंकलाई नै केन्द्रबिन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
केही घरमा सामान्य क्षति पुगेको थियो ।
गत चैत २० गते दार्चुलामा ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
चैत १२ गते हुम्लालाई केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।