spot_img

दाउन्नेको बाटो दैनिक ६ घण्टा बन्द

बुटवल–नारायणगढ सडकमा पर्ने दाउन्ने खण्डमा दैनिक ६ घण्टा यातायात आवागमन बन्द हुने भएको छ।

आज (सोमबार) देखि वैशाख १५ गतेसम्म रातिको समयमा यातायात आवागमन बन्द हुने भएको हो ।

वैशाख १५ गतेसम्म हरेक राति ११ बजेदेखि विहान ५ बजेसम्म ६ घण्टा यातायात आवागमन बन्द हुनेछ ।

त्यस समयमा सडक विस्तारको काम धमाधम हुने बताइएको छ ।

यसअघि चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यातायात सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएको थियो ।

तर त्यतिखेर वर्षा भएका कारण दुई दिनभन्दा बढी काम हुन सकेन ।

अहिले दाउन्ने खण्डको (१४ किलोमिटरमा) पूर्वीतर्फ मात्रै ७-८ स्थानमा सडक एकतर्फी सञ्चालनमा छ ।

थप जानकारी

-दाउन्नेको पहाडी क्षेत्रमा एक सय १० मिटर पहाड कटिङको काम बाँकी छ

-साँघुरो क्षेत्रमा सवारीसाधन रोकेर मात्रै काम गर्न सहज हुन्छ ।

-रातको समयमा पहाडको भित्ता काट्ने र सडकका खाल्डाखुल्डी पुर्ने काम हुन्छ ।

-भित्ता काट्ने काम १५ दिनमा सक्ने लक्ष्य छ ।

-अहिले दाउन्ने क्षेत्रको पूर्वी खण्डमा चार किलोमिटर सडक अप्ठ्यारो छ ।

-नारायणघाट–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये एक सय किलोमिटर चार लेनमा तथा दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार भइरहेको छ।

-सहरी क्षेत्रको सडकमा दुवैतर्फ अतिरिक्त सर्भिस लेन राखिएको छ ।

-दाउन्नेको पूर्वी खण्डमा मात्रै ७० वटा कल्भर्ट निर्माण गर्नुपर्ने छ।

-सामान्य वर्षा हुँदा पनि दाउन्ने क्षेत्रमा सवारीसाधन सञ्चालनमा निकै कठिनाइ हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular