spot_img

‘विद्यालय बन्द, कक्षा १२ को परीक्षा बहिष्कार’

कक्षा १२ को परीक्षा सञ्चालनमा नेपाल शिक्षक महासंघ सहभागी नहुने भएको छ ।

महासंघको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको हो ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने-

-कक्षा १२ को परीक्षामा कोही पनि शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरेका छौं ।

-महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुँदैछ ।

नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ ।

सरकारले भर्ना अभियान घोषणा गरेको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् ।

महासंघले शैक्षिक हड्ताल समेत घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular