spot_img

ICC U19 : युएईमाथि नेपालको जित

आईसीसी यु १९ विश्वकप त्रिकेटको एसिया छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले युएइलाई हराएको छ ।

डिएसएल प्रणालीबाट नेपाल विजयी भएको हो ।

मुलपानी क्रिकेट मैदानमा नेपालले युएइलाई २०१ रनको टारगेट दिएको थियो।

युएईले ३६ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर १७१ बनाएको थियो ।

सोही समयमा वर्षा भएसँगै खराब प्रकाशका कारण डिएलएस प्रणालीमार्फत नतिजा निकालिएको हो ।

युएईका लागि यायिन किरण राईले अविजित १०४ रन जोड्न सफल भए ।

त्यसअघि सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाएको थियो ।

नेपालका लागि कप्तान नरेन भट्टले अर्धशतकीय इनिङ खेले ।

नरेनले ७५ बलमा सर्वाधिक ६७ रन बनाए ।

दिलसाद अलीले ३४ र साहिल पटेलले ३२ रनको योगदान गरे ।

बलिङमा यूएईका उदिस सुरीले सर्वाधिक ३ विकेट लिए ।

मैदान भिजेको कारण केही ढिला सुरु भएको खेल ४० ओभरमा छोट्याइएको थियो ।

पहिलो जितसँगै नेपालले २ अंक जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular