असन्तुलित खानपान र खराब जीवनशैलीका कारण आजको समयमा मोटोपनको समस्या तीव्र गतिमा बढिरहेको छ ।
मानिसहरू मोटोपनबाट छुटकारा पाउन सबै प्रकारका उपाय अपनाउने गर्छन् ।
आजको समयमा बजारमा यस्ता धेरै उत्पादन पनि भेटिन्छन् जुन मोटोपन घटाउन निकै फाइदाजनक मानिन्छ ।
तर यी उत्पादनको साइड इफेक्ट पनि उत्तिकै हुन्छन् ।
मोटोपनबाट छुटकारा पाउन वा तौल घटाउन ग्रिन टीको सेवन निकै फाइदाजनक हुन्छ ।
ग्रिन टीमा पाइने पोषक तत्त्व र गुणले तौल घटाउन र शरीरको मेटाबोलिज्मलाई राम्रो बनाउन निकै सहयोगी भूमिका निर्वाह गर्छ ।
तर यसलाई सही तरिकाले खाइरहनुभएको छैन भने यसले हानी समेत गरिरहेको हुन्छ ।
तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो ?
ग्रिन टीमा पाइने गुण र पोषक तत्त्व तौल घटाउनको लागि मात्र नभई शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि निकै उपयोगी मानिन्छ ।
ग्रिन टीमा क्याटेचिन नामक एक प्रकारको फ्लेभोनोइड पाइन्छ, जुन शरीरमा रहेको अतिरिक्त बोसो घटाउन र तौल घटाउन निकै उपयोगी हुन्छ ।
यसको सेवनले शरीरको मेटाबोलिजम बढाउन पनि मद्दत गर्छ ।
ग्रिन टीमा पर्याप्त मात्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ, जुन तौल घटाउन र शरीरमा फ्याट बर्न गर्ने प्रक्रियालाई गति दिन धेरै फाइदाजनक हुन्छ ।
यसबाहेक ग्रिन टीमा कार्ब्स, फ्याट र चिनीको मात्रा शून्य हुने भएकाले यसको सेवनले तौल बढ्ने खतरा हुँदैन ।
यसरी पिउनु फाइदाजनक
–सुरुमा तपाईँले १ कप पानी राम्ररी उमाल्नुहोस् ।
–यो पानीमा लगभग २ चम्चा ग्रिन टिको पात हाल्नुहोस् ।
–यी पातहरूलाई ५ मिनेटसम्म पानीमा राख्न दिनुहोस्।
–५ मिनेटपछि यसलाई राम्ररी छान्नुहोस् ।
–यदि तपाईँ टी ब्यागको प्रयोग गरिरहनुभएको छ भने त्यसलाई पाँच मिनेट पछि राम्रोसँग निचोरेर बाहिर निकाल्नुहोस् ।
–त्यसपछि यो ग्रिन टीमा कागतीको रस वा मह मिसाउनुहोस् ।
–राम्रोसँग चलाएपछि यो खान सक्नुहुन्छ ।
–ग्रिन टी बनाउन चिनीको प्रयोग गर्दै नगर्नुहोस् ।
कहिले पिउने ?
तपाईँ जुनसुकै समयमा ग्रिन टी पिउन सक्नुहुन्छ तर यदि तपाईँले यसलाई बिहान सेवन गर्नुभयो भने तपाईँलाई बढी फाइदा हुन्छ ।
यसबाहेक खाना खानुभन्दा ४५ मिनेट अघि र पछि मात्रै ग्रिन टी पिउनुपर्छ ।
बिहान खाली पेटमा ग्रिन टि सेवन नगर्नुहोस्, यसले तपाईँको स्वास्थ्यमा नकारात्मक असर समेत पर्न सक्छ ।
ग्रिन टी दिनमा २ देखि ३ पटक मात्र पिउनुपर्छ ।
तौल घटाउने क्रममा यसको अत्यधिक सेवनले स्वास्थ्यलाई हानि पुर्याउन सक्छ ।
यसबाहेक यदि तपाई मधुमेह, रक्तचाप वा मुटुसँग सम्बन्धित रोगको शिकार हुनुहुन्छ भने डाक्टरको सल्लाह लिएर मात्रै ग्रिन टी पिउनुहोस् ।