spot_img

‘अब कांग्रेसको नेतृत्वमा सरकार’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षसँगै नयाँ सरकार गठनको आधार बनेको बताएका छन् ।

आज गृहजिल्ला चितवन पुगेका प्रचण्डले अब कांग्रेस नेतृत्वको सरकार बन्न सक्ने संकेत गरे ।

नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना छ ? भन्ने प्रश्नमा प्रचण्डले भने

-सरकारतिर हाम्रो पार्टीको ध्यान नरहे पनि परिस्थितिले त्यतातिर डोर्‍याएको छ ।

-हाम्रो ध्यान चैँ सरकारतिर त्यति छैन तर परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिराख्या छ ।

-त्यसकारण कुनै पनि सम्भावना हुन सक्छ ।

-मैले पहिलेदेखि नै ठूलो दलको हैसियतले सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताउँदै आएको छु ।

-चौतर्फी असन्तुष्टि, आक्रोश, आवेग, आन्दोलन चलिराख्या छ, तर सरकार संवेदनशील छैन ।

-डाक्टर, नर्स, शिक्षक, लघुवित्त पीडित मात्र नभएर सबै राजनीतिक दलहरू पनि झण्डै झण्डै सडकमै छन् ।

-सरकारमा भएका दल पनि सडकमा आउन थाल्या छन् ।

-परिस्थिति निकै गम्भीर र पेचिलो बनेको छ ।

-तर मलाई लाग्छ नयाँ वर्षले केही न केही निकास लिएर आउँछ ।

-सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने कुरा नै सही हुन्छ ।

-पछिल्लोचोटि थुप्रै नयाँ अनुभवसहित भन्या हो, मलाई योभन्दा बढी बोल्न नलगाउनुस् ।

-मैले केही नयाँ कुराको आधारमा त्यो कुरा भन्या हो ।

-मलाई लाग्छ त्यही दिशातिर देश जान्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular