spot_img

पिएसजीविरुद्ध साम्बाको २ गोल

सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित एन अभान्ट ग्वेङगाम्प फ्रान्सेली महिला लिगमा बलियो टोली पेरिस सेन्ट-जर्मेन (पिएसजी) सँग पराजित भएको छ।

घरेलु मैदानमा शुक्रवार ग्वेङगाम्पले पिएसजीलाई ६-२ को नतिजा सुम्पेको थियो।‌ स्टार खेलाडीले भरिएको पिएसजीविरुद्ध ग्वेङगाम्पका लागि दुवै गोल साम्बाले गरिन् । उनले २२ औं‌ र मिनेटमा ८८ औं गोल गरेकी हुन् ।

२२ औं मिनेटमा पहिलो गोल गरको पिएसजीले छैटौं तथा अन्तिम गोल ९० औं मिनेटमा गर्दै सहज जित निकालेको थियो।

यो सिजन ग्वेङगाम्पको खराब प्रदर्शनको सिलसिला रोकिएको छैन। १८ खेलमा टोलीले १७ खेल‌ हारेको छ । एक मात्र खेल जितेको टोली तालिकाको पुछारमा छ।

पिएसजी ४२ अंकसहित दोस्रो स्थानमा छ। शीर्ष स्थानको लियोनको ४९ अंक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular